Monday, June 1News That Matters

कांग्रेसद्धारा उदयपुरका रामकुमार राई कार्वाहीमा

पूर्णपुष्टि, असोज २७
कांग्रेसका क्षेत्रीय सभापति उदयपुरका रामकुमार राईलाई पार्टीले कार्वाही गरेको छ । राईलाई पार्टीले ५ बर्षका लागि निष्काशित गर्दै कार्वाही गरेको हो । पार्टीले तोकोको उम्मेदवार विरुद्ध बागी हालेको भन्दै उनलाई कार्वाही गरेको हो । पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई कार्वाही गरेको विज्ञाप्तीमा उल्लेख छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारमाथी बागी लगाउनेलाई कार्वाही गरेको बिज्ञाप्तीमा उल्लेख छ । राईले निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडा बिरुद्ध स्वतन्त्रमा बागी उम्मेदवारी दिएकोले पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको हो ।
नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) घ उल्लंघन गरेकोमा धारा ३४ (४०) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको छ ।