Sunday, June 28News That Matters

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोरङ, चैत्र ३० 

मोरङको लेटाङमा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । लेटाङ–९ का ४५ बर्षीय रबिन्द्रकुमार  लिम्बुको आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको हो ।

गतराती साढे १२ बजे लेटाङ–९ पारुहाङ चोकमा मे९प ९५१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक लिम्बुको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।