Thursday, June 4News That Matters

मोटरसाईकल दुर्घटनाहुँदा चालकको मृत्यु

पूर्णपुष्टि, बैशाख ८
सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी नगरपालिका–८ का ४३ बर्षीय धुर्व कुमार चौधरी रहेका छन् ।

बुधवार राती पौने ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक समेत बेपत्ता भएको हो ।

ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा साँढे ९ बजे नहरमा खसेको मोटरसाईकल सहित चालक रामधुनी नगरपालिका–८ का ४३ बर्षीय धुर्व कुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी धरानको बि.पी.कोईरालका स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।