
पूर्णपुष्टि, बैशाख ८
मोरङको बिराटनगर महानगरपालिका–१६ भत्केको वालबाट निषेधित लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–६ का १७ बर्षीय बिक्की सरदार र बिराटनगर–७ का २८ बर्षीय गणेश बि. क. रहेका छन् ।
हिजो बेलुका ४ बजे भारतबाट नेपालतर्फ आउदै गरेका सरदारको साथबाट १५ थान नाईट्रोजन ट्याब्लेट र बि. क. को साथबाट डाईजोपाम ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन १ एम्पुल सहित सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । निषेधित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
