Thursday, June 4News That Matters

उदयपुरमा मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना

पूर्णपुष्टि, वैशाख ८ गते ।
उदयपुरमा आज (बिहिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित पशु सेवा कार्यालयको भवनमा कार्यालय स्थापना भएको हो ।
मुख्य निर्वाचन अधिकृत दिपक खनाल प्रमुख, जिल्ला अधिकारी विरेन्द्र कुमार यादव लगाएतबाट कार्यालय स्थापना गरिएको छ । मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै आजबाट सो कार्यालयले उदयपुर भरिका पालिकाको निर्वाचन सम्बन्धी समन्वय गर्ने छ । यही कार्यालयले त्रियुगा नगरपालिकाको चुनाव समेत गराउने छ ।
जिल्लाका बाँकी सात पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय आजै  स्थापना हुने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जानकारी दिएको छ ।