Friday, June 5News That Matters

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

पूर्णपुष्टि, बैशाख २३

धनकुटाको साँघुरीगढी गाउँपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३८ बर्षीय इन्द्र बहादुर याखा रहेका छन् ।

हिजो राती पौने १२ बजे साँघुरीगढी–३ कुशेटारबाट घर फर्कदै गरेका याखाले चलाएको को.२८प ७४७१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट ५०० मिटर तल झरी दुर्घटना हुँदा याखाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भईरहेको छ ।