Thursday, June 4News That Matters

गठबन्ध भएको पालिकामा जित पक्का : सुरेश राई

पूर्णपुष्टि, वैशाख २३ गते ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संघीय सांसद सुरेश राई हिमालले उदयपुरमा चुनावी तालमेल भएको पालिकामा गठबन्धनले जित्ने भएको बताए । केन्द्रीय सदस्य राईले गठबन्धनको जित सुनिश्चित रहेको बताएका हुन् ।
गठबन्धन गरेका दलका नेता तथा कार्यक्रर्ता उम्मेदवार जिताउन इमान्दार भएर लागि रहेकाले अब उदयपुरमा गठबन्धनलाई कसैले रोक्न नसक्ने बताए । उनले भने “उदयपुरमा गठबन्धनलाई कसैले हराउन सक्दैन । गठबन्धन अगाडी बढ्यो बढ्यो ।” पछिल्लो समय गठबन्धप्रति उदयपुरमा जनसमर्थन बढ्दै गएको छ । “गठबन्धनप्रति भ्रम छर्न विपक्षीले भरमज्दुर प्रयास गरेपनि अब जनताले त्यस्ता भ्रमको खेती गर्नेलाई चुनावमार्फत रछयानमा पुर्याइदिने छन् ।”
सांसद राइले भने । उदयपुरमा माओवादी कांग्रेस र एकिकृत समाजवादीको तीनदलीय गठबन्धन बनको छ । भने कटारीमा माओवादी, नेपाली कांग्रेसको दुइदलिय गठबन्धन छ । त्रियुगा र चौदण्डीगढीमा गठबन्धनमा आवद्ध दलहरु मित्रवत प्रतिस्प्रर्धामा छन् ।

जिल्ला भरिकै पालिकाको चुनावी अवस्था निरिक्षण गरेर फर्किएका राईले केही पालिकामा दखिएको समस्या समाधान गरिसकेको बताए । साथै उनले विपक्षीको षड्यन्त्रको गोटी बनेर अनावश्यक कुरा नगर्न पार्टीका नेतालाई निर्देशन समेत दिए । उनका अनुसार माओवादिका नेता तथा कार्यक्रताले गठबन्धन प्रती इमानदार भएर सतप्रतिशत मत दिने छन् ।