मोरङमा १८ वर्षीया किशोरी कांगे्रस प्रदेश प्रतिनिधि चयन

पूर्णपुष्टि, मंसिर ५
एक १८ वर्षीया किशोरी मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा चयन भएकी छन् । १८ वर्षीया रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् । प्रतिनिधि चयन भएपछि रक्षाले सक्रियरुपमा राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् ।
अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने रक्षाको भनाई छ । यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन भएकी हुन् । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन गराएर चयन भएको हो । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: