Saturday, May 23News That Matters

मौसम विज्ञान विभागले उदयपुरमा आकस्मिक बाढी तथा डुवान हुने भन्दै सतर्क गरायो

पूर्णपुष्टि, भदौ २३

उदयपुरमा भारी वर्षा हुने भन्दै जल तथा मौसम विज्ञान विभागले त्रियुगा लगायत साना नदिमा आकस्मिक बाढी हुने सम्भावना रहेको जनाएको छ ।
उदयपुरको उदयपुरगढी वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको जनाउदै विभागले नदि, खोला आसपास र तटिय क्षेत्र र डुवान हुने होचा स्थानमा सतर्क रहन सचेत गराएको छ । आज दिउसोसम्म सतर्क रहन अनुरोध गरेको छ । उदयपुरमा आज रातीदेखि भारी वर्षा भईरहेको छ ।