Saturday, June 20News That Matters

युरो एसिया एजुकेशन कन्सल्टेन्सीको ८ औँ शाखा गाईघाटमा

पूर्णपुष्टि, २ साउन
युरो एसिया एजुकेशन कन्सल्टेन्सीको ८ औँ शाखा गाईघाटमा पनि विस्तार भएको छ । उक्त शाखा गाईघाटमा बुधबार देखी औपचारिक रुपमा शुरु भएको हो । यो शाखा संञ्चालन सँगै अब आयल्स र पिटी अध्यानको लागि बाहिर जानु नपर्ने भएको छ । गाईघाट स्थित पिपलचोकमा शाखा विस्तार गरिएको छ । कन्सल्टेन्सीमा  जापान, कोरिया, अस्टे«लिया, युएसए, युरोप, माल्टा, न्युजिल्याण्ड क्यानडा र युकेका लागि अध्यान गराईने छ । शाखाको औपचारिक उद्घाटन कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले रिवन काटेर  गरेकी हुन् । दनुवार सँगै त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, एमाले उदयपुरका अध्यक्ष भागवत राउत लगायतको उपस्थित थियो ।

कन्सल्टेन्सी प्रोपाईटर सुर्य डाँगीका अनुसार उदयपुर लगायत बिभिन्न जिल्लाका विद्यार्थीहरुलाई गाईघाटमै अध्यान गर्न सहज हुने जनाए । काठमाण्डौँ लगायतका शहरहरुमा अध्यापन गर्न बाध्य विद्यार्थीहरुले अब आफ्नै शहरमा पिटि र आयल्स अध्यान गर्न पाउने उनको भनाई छ ।