यु–१९ एसिया कप : पाकिस्तानसँग नेपाल पराजित

पूर्णपुष्टि, मंसिर २२ । एसिसी यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा भएको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो ।

पाकिस्तानका लागी कप्तान साद बेग र अजन अविसले अर्धशतक प्रहार गरे । ५६ बल खेलेका कप्तान सादले ५ चौका प्रहार गर्दै ५० रन बनाए । त्यस्तै ६२ बल खेलेका अजन अविसले ८ चौका प्रहार गदै ५६ रन र ८ बल खेलेका मोहम्मद जिशानले २ छक्का र २ चौको प्रहार गर्दै २० रनमा नटआउट रहे भने ओपनर शाहजैब खानले २३ रन बनाए ।

नेपालका लगी गुल्सन झाले २ विकेट लिए भने आकाश चन्दले १ विकेट लिए । गुल्सनले पहिलो ओभरको ३ बलमा पाकिस्तानका ओपनर शामिल हुसेनलाई रन विहिन क्याच आउट गराए भने ६.४ ओभरमा पाकिस्तानले २३ रन जोड्दा अर्का ओपनर शाहजैब खानलाई १५ रनमा दिपेश कँडेलबाट क्याच आउट गराए । आकाशले २४.२ ओभरमा पाकिस्तानका साद बेगलाई सुबास भण्डारीबाट क्याच आउट गराए । ८ ओभर बलिङ गरेका गुल्सन झाले १ मेडन राख्दै ५४ रन खर्चिए ।

यस अघि टस हार्दै ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा आउट हुँदै १५२ रन बनाएको थियो । नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। कुनै समय ५ विकेटको क्षतिमा ४६ रन मात्र जोडेको नेपालको रन उकास्न उनले धैर्यपूर्वक ब्याटिङ गरेका थिए। दिपेश कँडेलले बनाएको ३१ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो। दिपेश र उत्तमबीच छैटौं विकेटका लागि ६८ रनको साझेदारी भएको थियो । कँडेलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भएका थिए।

नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।‍ नेपालले सन् २०२४ को जनावरीमा दक्षिण अफ्रिकामा यू–१९ विश्वकप खेल्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0