
२५ भदौ, २०८३ । उदयपुर
गाईघाटमा रक्तसञ्चार केन्द्र सञ्चालन भएपछि विरामीलाई रगत अभावको समस्या हटेको छ । केन्द्रले जिल्ला अस्पताल उदयपुर, प्रादेशिक अस्पताल कटारी र विभिन्न नीजि अस्पतालहरुमा विरामीलाई रगत उपलब्ध गराउदै आएको छ ।
रेडक्रस सोसाइटी उदयपुरद्वारा सञ्चालित केन्द्रमा सामाजिक संस्थाहरुले रक्तदान कार्यक्रम मार्फत रगत संकलन गर्ने गरिएको छ । अपुग भएमा वा रगत समुह अनुरुप अभाव भएमा स्वयम्सेवक रक्तदाताबाट उपलब्ध हुने गरेको केन्द्रका प्रयोगशाला प्रमुख अमलाल दासले बताए ।स्वयम्सेवक रक्तदाताहरुको संख्या एकहजार भन्दा बढि रहेका छन् । रातको समयमासमेत स्वयम्सेवक रक्तदाताहरुले आएर रक्तदान गर्ने गरेको केन्द्रले जनाएको छ ।
प्रमुख दासका अनुसार हालसम्म छ हजार बढि विरामीलाई रगत उपलब्ध गराइसकेको केन्द्रमा मासिक ५०–६० पोण्ड रगत खपत हुने गरेको र त्यतिकै हाराहारीमा उब्रने रगत अन्य जिल्ला पठाउने गरिएको छ ।
रगतको अभावमा विरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रगत सङ्कलन र सहज वितरण भइरहेको रेडक्रस उदयपुरका सभापति मदनराज कटुवालले बताए ।
दशवर्षअघि क्ेन्द्र स्थापना गरिएपछि विरामीलाई रगतको अभाव भएको छैन । पछिल्लो समय रेडक्रसले पार्दशीरुपले रगतको अभिलेख दैनिकरुपमा सार्बजनिक गर्ने गरेको छ । 
