Sunday, February 15News That Matters

रवि लामिछानेको सांसद पद खारेज

पूर्णपुष्टि,माघ १३ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो।

संवैधानिक इजलाजले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको मन्त्री पदसमेत गएको छ । अधिवक्ता रविराज बसौला र युवराज सफलले रविको संसद् सदस्यताको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नवीकरण नगरेको आरोपमा विवादमा तानिएका लामिछानेको शपथ रोक्न, सांसद पद खारेज गर्नलगायत माग गर्दै उनीविरुद्ध रिट परेको थियो।