रसुवा ओभरसिजमा विभागले मारे छापा

मंसिर २३ गते ।

यूएई जाने दुई श्रमिकसँग बढी रकम लिने एअरपोर्टको रसुवा ओभरसिजमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । ओेभरसिजले श्रमिकसँग पैसा मागेको सूचनाको आधारमा छापा मार्दा दुई श्रमिकबाट लिएको एक लाख २५ हजार रुपैयाँ बरामद गरेको विभागले जनाएको छ ।

यूएईको तमायाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ लेबरका लागि महिनाको ८ सय दिर्हाम तलब पाउने भन्दै रसुवा ओभरसिजले प्रतिव्यक्ति एक लाख २५ हजार रुपैयाँ मागेपछि सुरेन्द्र रानामगर ,बालकृष्ण गरंजामगर, समिर गरंजामगर, शन्तबहादुर गरंजामगर र योगबहादुर गुरमछानले विभागमा निवेदन दर्ता गराएका थिए ।

विभागको टोली म्यानपावर कार्यालय पुग्दा एजेण्ट जितबहादुर बम्जनले योगबहादुर गुरमछानबाट ७० हजार र शन्तबहादुर जर्गा मगरबाट एक लाख १० हजार बुझिसकेका तथा बाँकी तीन जनासँग रकम लिने तयारी रहेको अवस्थामा फेला पारेको जनाएको छ ।

एजेण्ट बम्जनले यसअघि नै तीन जनासँग ३५ हजार लिइसकेको र बाँकी रकम लिएर आइतबार म्यानपावर कार्यालय बोलाएका थिए । रकम बुझ्न जीतबहादुरलाई खटाएको म्यानपावर सञ्चालक सुवर्ण लामाले स्वीकार गरेको विभागले जनाएको छ ।

पाँच जनामध्ये चार जनाको श्रम स्वीकृति पनि भइसकेको छ । तर भनेजति रकम नदिएका कारण म्यानपावरले उडान रोकेको थियो । विभागको टोलीले पाँचै जनालाई सरकारको नियम अनुसार पठाउन र नगद लिएको रकम श्रमिकलाई फिर्ता गर्न कागज गराएको छ ।

रकम बुझ्ने बम्जन र म्यानपावर सञ्चालक सुवर्णलाई थप अनुसन्धानका लागि विभागमा उपस्थित हुन  विभागले जनाएको छ । श्रम समझदारीअनुसार नेपाली कामदार शून्य लागतमा यूएई जान पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: