राई दाइको नामले चिनिएका एक पुरुषको शव होटेलमा भेटियो

पूर्णपुष्टि, मंसिर २६
राई दाइको नामले चिनिएका एक पुरुषको शव होटेलमा भेटिएको छ । नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको हो । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिले जनाएको छ ।
शनिबार राति उनलाई मृतावस्थामा फेला पारिएको रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी बताउनुभयो ।
डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने गरेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: