Friday, June 19News That Matters

राई र चेपाङलाई फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार

पूर्णपुष्टि, १७ माघ ।
पत्रकार दिपीन राई र संगिता चेपाङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान(२०२३’ र चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार(२०२३’ प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार छनोट समितिका प्रमुख ९हेड अफ ट्रस्ट० सोनाम छिरिङ शेर्पाका अनुसार सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमध्ये २ जनालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । सम्मान र पुरस्कारको राशी २५÷२५ हजार रुपैयाँ रहेको छ ।

दिपीन राई २०४९ साल दैनिक विवेचना देखि अनवरत पत्रकारीतामा सम्लग्न भइ जनचाहना साप्ताहिक ९कार्यकारी सम्पादक०, हिमालय टाइम्स काठमाडौं ९सम्वाददाता ०, आजभोलि दैनिक भारत ९सम्वाददाता ०, रुपरेखा साप्ताहिक काठमाडौं ९सम्वाददाता०, मुक्ति आवाज साप्ताहिक ९सम्पादक०, समावेशी म्यागेजिन ९सम्पादक०जनसंसद दैनिक ९सहसम्पादक० आदि । हाल यलम्बर टाइम्स ९सम्पादकरप्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत छन् ।

विभिन्न सामाजिक सस्थामा समेत सम्लग्न रहेका राई नेपाल पत्रकार महासंघ पूर्वाञ्चल सल्लाहकार, किरात राई पत्रकारसंघ झापा सल्लाहकार, नेपाल जेसिज सुचना सम्योजक, सचेत युवा मन्च सुचना प्रमुख, आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० का सस्थापक जिल्ला अध्यक्ष हुँदै केन्द्रिय उपाध्यक्ष, प्रदेश न १ इन्चार्जको जिम्मेवारी लगायत झन्डै २ दर्जन सस्थामा काम गरिसकेका छन् ।

त्यस्तै युवा पत्रकार संगीता चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपुन्मुख चेपाङ समुदायका पत्रकार हुन । यो समुदाय राज्यको हरेक सुचाङ्कमा कम सुचिमा परेको जाति हो । चितवन, धदिङ, गोरखा, मकवानपुर, लम्जुङ र तनहुँ बसोबास गर्ने चेपाङ समुदायमा साक्षरता दर अति कम छ । यो समुदायबाट पत्रकारिता पेसामा अति न्यून व्यक्ति मात्र सहभागी छन । त्यस मध्येका एक हुन, संगीता । हाल उनी इच्छाकामना एफ एम १०२।४ मेघाहर्ज कुरिनटार चितवनमा कार्यरत छन ।