
पूर्णपुष्टि, चैत ३० गते ।
मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ जना नेपाली राजदूतले एक महिनाको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।
इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान, बहराइन, साउदी अरब र युएईका नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निणर्य गरेको छ ।
राजदुतहरु कतारका लागि नारदनाथ भारद्वाज, इजराइलका लागि डा. अञ्जना शाक्य, इजिप्टका लागि झविन्द्रप्रसाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि सुन्दास, युएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गर्नुभएको हो ।
