Sunday, May 3News That Matters

राजेश पायल राईले आज बसाहा तताउने

पूर्णपुष्टि, १९ मंसिर ।
चर्चित गायक तथा द भ्वाईस अफ नेपाल सिजन ५ का कोच राजेश पायल राईले आज उदयपुरको वसाहामा सांगितिक प्रस्तुति दिने भएको छ । राई सांगितिक कार्यक्रमका लागि बसाहा आईसकेको छ । राई बसाहा क्लवद्वारा आयोजित (बसाहा मिनी मेला) को निमन्त्रणामा सांगीतिक कार्यक्रमको लागि आएका हुन् ।

‘राई इज किङ’को उपाधीसमेत पाएका गायक राईले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएका छन् ।

आज साँझ ८ बजेदेखि गायक राईले आफ्नो चर्चित तथा सुमधुर गीतहरु गाउनेछन् ।
गायक राई भनेपछि हुरुक्कै हुने फ्यानहरुको लागि यो अति उत्तम समय भएकोले आजको कार्यक्रम नछुटाउन आयोजकले सबैमा उपस्थितीको लागि आह्वानसमेत गरेका छन् ।