
पूर्णपुष्टि, मंसिर १९ । सुनसरीमा खुकुरी प्रहारबाट एक बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी नगरपालिका–२ शान्तझोडा बस्ने ६५ बर्षीय मधुमाया पुरी रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता ऋषिराम कंडेलका अनुसार सोमबार दिउँसो २ बजे आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अबस्थामा स्थानिय ४० बर्षीय सन्तोष राईले अचानक पछाडिबाट आई खुकुरीले टाउकोमा प्रहार गर्दा पुरी गम्भीर घाईते भएकी थिईन् ।
घाईते भएकी पुरीलाई उपचारको लागि तरहरा सामुदायिक हस्पिटल तरहरामा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने राईलाई नियन्त्रणमा लिएकोे प्रहरीले जनाएको छ । पक्राउ परेका राईको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
