Monday, June 1News That Matters

त्रिनपा ५ दमौटीमा एक पुरुषको शव सेउलाले छोपेको अवस्थामा फेला, घटना स्थलमा पुग्यो प्रहरी

पूर्णपुष्टि, १९ मंसिर ।
त्रियुगा नगरपालिका वडा नं ५ दमौटीमा एक पुरुषको शव फेला परेको छ । अनुमानित ६० बर्षिय दमौटी कटुवारी टोलका श्याम राईको शव झाडीमा सामान्य सेउलाले छोपेको अवस्थामा फेला परेको स्थानीयहरुले जनाएको छ । राई ३÷४ दिन देखी हराईरहेको स्थानीयहरुको भनाई छ । घटनाबारे अनुसन्धानका लागि जिल्लाको प्रहरी टोली पनि घटना स्थलमा पुगिसकेको छ । स्थानीयहरुका अनुसार राईको श्रीमती सँग झगडा परेको बुझिएको छ । उक्त घटना बारे बिस्तृत जानकारी नआईसकेको प्रहरीले जनाएको छ । घटना स्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।