Sunday, April 19News That Matters

राप्रपा उदयपुर–काठमाडौं सम्पर्क समिति गठन

पूर्णपुष्टि, वैशाख ६ ।
रोशन अधिकारी क्षेत्रीको अध्यक्षतामा राप्रपा उदयपुर–काठमाडौं सम्पर्क समिति गठन भएको छ ।
भु.पु. मन्त्री एवम् राप्रपाका बरिष्ठ नेता हरीबहादुर बस्नेतको संरक्षकत्वमा समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा तारा बस्नेत, उपाध्यक्ष राजन गिरी, सचिव चन्द्रप्रसाद भट्टराई, सहसचिव सरस्वती थापा, कोषाध्यक्ष तारा झा र सहकोषाध्यक्ष विष्णुकुमार अधिकारी रहेका छन् ।
सदस्यहरुमा रामकुमार राई, विमल पौडेल, दिलबहादुर तामाङ, निगम अधिकारी, महेन्द्र ओझा, देविलाल गिरी, लोकेन्द्र खत्री, गजेन्द्र कार्की, देवराज आचार्य, मन्दीप राई, इ सुशि चौधरी केतमाउा कार्की रहेका छन् ।
सल्लाहकार समितिमा डा. भरत राउत, समृधी राणा बस्नेत, हरिबहादुर राउत, मानव विष्ट र देव पोखरेल रहेका छन् ।