
पूर्णपुष्टि, जेष्ठ १ । राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनेमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले सहमती जनाएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा अवरोध सृजना नगर्ने र त्यसछि सरकारले ल्याएको कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने निर्णय गरेको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संघीय संयुक्त बैठकमा भाग लिने र राष्ट्रपतिको सम्बोधन सनेपछि सरकारले ल्याएका कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने जनाकारी दिए । संघीय संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ । साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन नगरे त्यो बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।