
पूर्णपुष्टि,माघ २८ । माधव नेपालले राष्ट्रपति चुनावमा कसकसले सेन्टिफ्ल्याट खाने हो भन्ने कुरा थाहा नभएको बताएका छन् । शनिबारको एक कार्यक्रमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति चुनावमा कसकसले सेन्टिफ्ल्याट खाने हो भन्ने कुरा थाहा नभएको र अहिले संकेतमात्र गर्ने बताएका हुन् ।
नेपालले भने–अहिले राष्ट्रपतिको चर्चा छ । प्रत्येक व्यक्ति म हुने भएँ भनेर दङ्ग परेका छन् । सबैलाई पद दिएको छ । म भइहालेँ भन्ने परेको छ । को(को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यही ढङ्गले अघि बढेको छ, मैले संकेतमात्र गरेको हो । धेरै कुरा नभनौँ । हामी पनि छौँ है राष्ट्रिय राजनीतिमा भनेर सुदूरपश्चिमबाट देखाएका छौँ ।’
नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई आफूले सर्तसहित समर्थन गरेको भन्दै पहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बनाउन आफूले चाहेको बताए ।
