
मंसिर १७ गते ।
सरकारले राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखे पनि प्रगति भने कमजोर देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म उच्च प्राथमिकता परेको २१ आयोजनाको प्रगति ५.५ प्रतिशतमा मात्रै देखिएको हो ।
राष्ट्रिय गौरव शीर्षकमा राखिएका धेरै आयोजना एक दशक भन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ । कतिपय आयोजना चर्चामा रहे पनि प्रगति शून्य रहेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।
