Thursday, July 2News That Matters

राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा आज आर्मि र चौदण्डीगढी खेल्ने

पूर्णपुष्टि, माघ २४

काठमाण्डौँ सातदोवाटो कम्प्लेक्समा जारी राष्ट्रिय महिला फुटवल लिंगको आज दोस्रो चरणको खेल सुरु हुँदैछ । दोस्रो चरणको पहिलो खेल चौदण्डीगढी उदयपुर र त्रिुभुवन आर्मि क्लवले खल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । डबल लिग खेल अन्तरगत पहिलो चरणको सबै खेलहरु सकिएर दोस्रो चरणको खेलमा प्रवेश गरेको एन्फाले जनाएको छ ।

दोस्रो लिगमा तीन विभागीय र चार नगरपालिकारमहानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

खेल दिउँसो २ बजे देखि हुने भएको छ । पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२(० ले पराजित गरेको थियो ।

अंकतालिकामा दोस्रो स्थानमा रहेको आर्मी चौदण्डीलाई पराजित गर्दै लिग लिडर एपीएफसंथ अंक दूरी कम गर्ने योजनामा हुनेछ ।

पहिलो चरणको ६ खेलबाट १३ अंक जोडेर आर्मी दोस्रो स्थानमा छ । ६ वटै खेल हारेको चौदण्डीगढी अंकविहीन हुँदै पुछारमा छ ।

महिला लिगको साविक विजेतासमेत रहेको एपीएफ पहिलो चरणमा शतप्रतिशत जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा छ ।

पहिलो चरणमा विभागीय टोली पुलिसलाई स्तब्ध पारेको विराटनगर महानगरपालिका ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । पुलिस र वालिङ समान ८ अंकसहित क्रमशः चौथो र पाँचौ स्थानमा छ । चन्द्रपुर ३ अंकका साथ छैटौं स्थानमा छ ।