
पूर्णपुष्टि, फागुन ८
राष्ट्रिय महिला लिगमा सहभागी उदयपुर चौदण्डीका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति उदयपुरले सम्मान तथा स्वागत गरेको छ ।
खेल सकेर शनिवार गृह जिल्ला फर्केका खेलाडीहरुलाई गाईघाट स्थित खेलकुद विकास समिति उदयपुरले सम्मान गरेको हो ।
खेलकुद विकास समिति उदयपुरका कार्यालय प्रमुख प्रकाशराम राईले कदर पत्र प्रदान गर्दै खेलमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई कार्यालयमै सम्मान गर्नुभयो ।
राष्ट्रिय स्थरमा आफ्नो सहभागी दिएर प्रतिस्पर्धा गर्दै उदयपुरको प्रतिनिध्व गरेका खेलाडी टिमहरुलाई आउँदो खेलमा सफलताको कामना सहित सम्मान गरेको कार्यालय प्रमुख प्रकाशराम राईल बताउनुभयो ।
सहभागी मात्रै पनि उदयपुरका लागि निकै ठुलो सफलता रहेको बताउनुभयो । उदयपुरका लागि खेलाडीहरुले आफ्नो प्रतिस्पर्धा देखाउन तयार हुनुनै आउँदो समयमा जित शुनिश्चित रहेको राईले बताउनुभयो ।
उहाँले खेलमा सहभागी सम्पूर्ण खेलाडीहरुलाई धन्यवाद सहित आउँदो समयमा खेलकुद क्षेत्रमा व्यवसायीक व्यक्तिगत विकास तथा सफलताको शुभकमान समेत व्यक्त गर्नुभयो ।
चौदण्डीगढी नगर युवा खेलकुद संयोजक ससि चन्द्र राईले खेलाडीहरुलाई बिभिन्न कारण बस राम्रो प्रशिक्षक दिन नसकेको बताउनुभयो । खेलाडीहरुलाई राम्रो तयारी गर्न नसक्नु पनि चौदण्डी टिमको समस्या रहेको राईले बताउनुभयो ।

संयोजक राईले राम्रो तयारी बिनै पनि उदयपुरले लिगमा सहभागी भई खेलको अन्तिम सम्म प्रतिस्पर्धा गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
लिगमा उदयपुर सहभागीमा मात्रै सिमित हुनुमा खेलाडीहरुलाई पुरा तयारी र राम्रो व्यवस्थापनको कम्जोरी रहेको संयोजक राई भनाई छ ।
खेलकुद विकास समितिले चौदण्डी नगर युवा खेलकुद समितिलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । राष्ट्रिय लिग सम्म खेलाडीहरुलाई व्यवस्थापन र प्रतिनिधित्वमा अमुल्य सहयोग पुराएको भन्दै समितिले प्रशंसा पत्र समितिका संयोजक राईलाई प्रदान गरेको छ ।
फोटोफिचर

