Friday, February 14News That Matters

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने घोषणा

पूर्णपुष्टि, साउन ११ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई बिनाधितो ऋण दिने नयाँ नीति घोषणा गरेको छ। शुक्रबार आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिनाधितो ऋण दिने योजनाको जानकारी दिए।

नयाँ नीति अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका व्यक्तिहरूले आफ्नो बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण प्राप्त गर्न सक्नेछन्। यो कदम सरकारको चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित प्रावधान अनुरूप लिइएको हो।