Sunday, March 16News That Matters

रास्वपा उदयपुरको सभापतिमा चित्र बहादुर कार्की

पूर्णपुष्टि, २५ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर सभापतिमा चित्र बहादुर कार्की चयन भएको छ । २०७९ साल फागुन १३ गते कोशी प्रदेश सदस्य बनेका कार्की लगतार जिल्ला संयोजक हुँदै सभापति बनेको हो ।
निर्वाचित कार्कीले कोशी प्रदेश समिति, प्रदेश विभागीय प्रमुख , उदयपुर जिल्लाका निर्वाचन क्षेत्र १ र २ समिति सँगै ८ वटै पालिका, पालिका विभागीय प्रमुख तथा सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गरे । कार्कीले संगठनलाई थप मजबुत सशक्त बनाउने अभियान जारी राख्ने र राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरलाई जनतामय बनाउने प्रतिवद्धता समेत गरे । कार्की उल्टो मोटरसाईल यात्रिको रुपमा पनि परिचित छ ।