Saturday, April 26News That Matters

रुस–युक्रेन युद्धको १ बर्ष पुरा : संयुक्त राष्ट्र संघको महासभाबाट युद्ध रोक्नुपर्ने प्रस्ताव बहुमतले पारित

पूर्णपुष्टि, फागुन १२ गते । आज रुस–युक्रेन युद्धको १ बर्ष पुरा भएको छ । यस युद्धको वार्षिकीत्सवको पूर्वसन्ध्यामा संयुक्त राष्ट्र संघको महासभामा युक्रेनमाथि गर्दै आएको आक्रमण रुसले रोक्नुपर्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

उक्त प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत खसालेको थियो भने प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआको मत थियो । त्यस्तै तटस्थ बस्नेमा चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश रहेका छन् । सो महासभामा रुसले युक्रेनमाथि गर्दै आएको आक्रमणको भत्सर्ना भएको छ भने बिनाशर्त युद्ध रोक्ने, युक्रेनमा भएका रुसी सेना फिर्ता गर्नुपर्ने र सक्दो चाँडो शान्ति कायम गर्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित भएको छ ।

रुसले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेपछि बढेको तनाव युद्धमा परिणत भएको थियो । २०२२ को फेब्रुअरी २४ देखी सुरु भएको युद्धमा दुवै देशको सेनामा ठुलो क्षती पुगेको छ । सो युद्धमा युक्रेनका धरै नागरिक मारिए भने कयौं नागरिकहरु छिमेकी देशमा विस्थापित भएका छन् । त्याहाका शहरहरु खण्डहरमा परिणत भएको मिडिया रिपोर्टहरु सार्वजनिक भएका छन् ।