
पूर्णपुष्टि, जेठ ३ गते ।
उदयपुरको रौतामाई गाउँपालिकाको ८ वटै पालिकामा मतगणना सकिएको छ । रौतामईको अध्यक्षमा गठबन्धनका उम्मेदवार विरेन्द्रकुमार मगर ४३०५ मतका साथ विजयी भएको छन् । उपध्यक्ष पदमा नेपाली काँग्रेसबाट भूपिद्रबहादुर थापा ३६९९ मतका साथ जित हासिल गरेका हुन् ।
रौतामाईमा ५ वटा वडामा नेकपा एमालेले जीत हासिल गरेको छ । यता २ वटा वडामा काँग्रेसले विजय गरेको छ । माओवादी केन्द्रले भने १ वटा वडामा मात्रै जीतेको छ ।
रौतामाईको वडा नं. १ मा एमालेबाट प्यानलै विजयी भएको छ । अध्यक्ष पदमा रुद्रबहादुर कार्की ४२६ मतका साथ विजय भएका छन् । त्यस्तै महिला सदस्यमा ज्ञानकुमारी मग, दलिद सदस्यमा फूलमाया वि.क.र खुल्लामा तिलकबहादुर खड्का, मंगलबहादुर तामाङ्गले जीत हात पारेको छ । वडा नं. २ मा पनि एमालेको प्यानलले जितेको छ । वडाध्यक्षमा होमबहादुर दाहालले ५२३ मतका साथ जितेका छन् । महिला सदस्यमा चित्र रेखा हुमागाई, दलिद सदस्यमा रेस्मा वि.क. आएका छन्, भने खुल्लामा अनिता मोते र दवी दाहालले जितेका हुन् । ३ नम्बर वडामा पनि एमालेकै प्यानलले जितेको छ । अध्यक्षमा दिपेन्द्र दाहाल २८७ मतले विजयी भएका छन् । सदस्यहरु वर्तहिरा राई, लक्ष्मी राई, तेजेन्द्र खड्का र सर्वजित राई रहेका छन् । वडा नं. ५ बाट एमालेको प्यानल आएको छ । वडा अध्यक्षमा पाण्डोव राईले ५२७ मत ल्याएर जितेका छन् । यता सदस्यहरुमा गौरीमाया मगर, अंगुरा परियार, तिलकबहादुर कटुवाल र रविन्द्र राई छन् । वडा नं.७ मा एमालेका उम्मेदवार मनोज कुमार रानाले ७९३ मत ल्याएर वडा अध्यक्ष पद जितेका छन् । यता, सदस्यहरुमा मनमाया तामाङ्ग, टेकबहादुर राना मगर र मोहनबहादुर वि.क. एमालेबाट छन् भने दलिद सदस्यमा माओवादीका कमला सार्कीले जितेकी हुन् ।
त्यसैगरी, वडा नं. ४ मा रविन्द्र कुमार खत्रीले ४२६ मतका साथ काँग्रेसबाट विजयी भएका छन् । वडा नं. ४ मा काँग्रेको प्यानलै जितेका छन् । सदस्यहरुमा पुष्ट माया मगर,झना राक्का, कृष्णबहादुर राई र छत्रबहादुर मगर रहेका छन् । वडा नं. ८ मा नेपाली काँग्रेसबाट घमानसिंह थापाले ३६३ मत ल्याएका छन् । माओवादीबाट महिला सदस्य देवी पुलामी र दलिद सदस्य मञ्जु वि.क.रहेका छन् । खुल्लामा काँग्रेसबाट रुद्रबहादुर लूङगेली र एमालेका दंकबहादुर मगर विजय भएका हुन् ।
वडा नं. ६ मा भने माओवादीका उम्मेदवार पृथीवी कुमार राईले ४५५ मतका साथ जित हासिल गरेको छ । महिला सदस्यमा एमालेबाट विन्द्रमती राई, माओवादीबाट दलित महिला सदस्यमा रन्जना वि.क.छन् । यता खुल्ला सदस्यमा एमालेका एकनाथ आचार्य र तिलकबहादुर रानाले आएका छन् ।
