
पूर्णपुष्टि, जेठ २
रौतामाई गाउँपालिकामा गठबन्धनले फराकिलो आग्रता बनाउँदै लगेको छ । गाउँपालिकाको प्रमुखमा गठबन्धनका बिरेन्द्र मगरले ३७६८ मत प्राप्त गर्दा प्रतिष्पर्धी एमालेका भरत बं. थापाले २९३६ मत प्राप्त गरेका छन् । रौतामाईमा गठबन्धन भन्दा एमाले ८३२ मतले पछाडी परेको छ ।
यस्तै उपाध्यक्षमा पनि गठबन्धनका भुपेन्द्र थापाले आग्रता बनाईरहेका छन् । भुपेन्द्र थापाले ३२६२ मत प्राप्त गर्दा एमालेकी कुमारीराना ज्यु ठकुरीले २६८१ मत पाएकी छिन् । रौतामाई गा.पा.मा ११२७ मत गन्न बाकी छ ।
