Sunday, June 21News That Matters

चौदण्डीगढीमा एमालेलाई पछ्याउदै काग्रेस

पूर्णपुष्टि, जेठ २
उदयपुरको चौदण्डीगढीमा एमालेलाई काग्रेसले पछ्याईरहेको छ । नगरपालिकाको प्रमुख पदमा एमालेका कालुमान लामाले ४६८६ मत प्राप्त गरेका छन् । नेपाली काग्रेसका खगेन्द्र राईले ३६६१ मत प्राप्त गरेर पछ्याईरहेका छन् ।

चौदण्डीमा एमाले भन्दा काग्रेस १०२५ मतले पछाडी परेको छ । यस्तै उदयपुरमा पनि एमालेकै मणिकादेवी दुलालले आग्रता लिईरहेकी छिन् । उनले ४६८२ मत प्राप्त गर्दा काग्रेसकी रिता कुमारी चौधरीले ३५६८ मात पाएकी छिन् । चौदण्डीमा एमालेका उम्मेदवारहरुले शुरुवाती चरणदेखी नै आग्रता लिईरहेका छन् ।