
पूर्णपुष्टि, जेठ २
उदयपुरको ताप्ली गाउँपालिकामा १७९ मत गन्न बाकीँ छ । १७९ मत गन्न बाकी हुँदा समेत कसले जित्ने हो भनेर अनुमान गर्न सकिने अवस्था छैन । गाउँपालिकाको अध्यक्ष पदका लागि एमाले र गठबन्धनबीच कडा र रोचक प्रतिस्पर्धा चलिरहेको छ । एमालेको बाबुराम राईले मतगणनाको सुरुवातदेखी नै अग्रता लिदै आएका छन भने गठबन्धनका ढुङ्गराज वि.क.ले पछ्याईरहेका छन् ।
बाबुराम भन्दा ढुङ्गराज शुरुवाती चरणमा फराकिलो मतान्तरले पछाडी परेपनि १७९ मत गन्न बाकी हुँदा २ मतको झिनो अन्तरले पछाडी परेका छन् । एमालेको बाबुराम राईले १७१२ मत ल्याउँदा ढुङ्गराज वि.क.ले १७१० मत ल्याएर कडा टक्कर दिई रहेका छन् । ताप्लीको अध्यक्षमा कस्ले बाजी मार्छ १७९ मतको परिणमले नै निर्धारण गर्ने भएपनि उम्मेदवारसहित ताप्लीका मतदाताको चासोभने बढ्दै गएको छ ।
