
पूर्णपुष्टि, चैत्र १६ । उदयपुरको रौतामाई गाउँपालिकामा प्रहरीद्धारा सञ्चालन ‘बाल विवाह र वहु विवाह’ सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
रौतामाई गाउँपालिका वडा नं ४ स्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा सम्पन्न भएको कार्यक्रम ईलाका प्रहरी कार्यालय रौतामाई उदयपुरको आयोजनामा गरिएको हो । आजको जनचेतनामुलक कार्यक्रममा करिब ६० जना विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
