
पूर्णपूष्टि, फागुन ५
रौतामाई गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा ९१ जनाले सफल आँखाको अपरेशन गराउन सफल भएको छ । ४६ जना पुरुष र ४५ जना महिलाले आँखाको अप्रेशन गरेको छ
पालिकाले आँखालाई प्रमुख प्राथामिकतामा राखेर निशुल्क स्वास्थ्य शिविर माघ २६ गते वडा नं ४ सल्लेमा आयोजना गरेको थियो ।
आँखा लगायत अन्य स्वास्थ्य सेवाहरु पनि सिविरमा संञ्चालन गरिएको थियो । शिबिरबाट ६ सय भन्दा बढी पालिकावासीहरुले सेवा लिएको पालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो ।
बुढेसकालमा आँखा कम्जोजरी हुँदै जाने समस्याहरुले बुढाबुढीहरुलाई साहाराविहिन महसुस हुने र आँखा उपचार बिकट ठाउँमा असम्भव बन्दै गएको भन्दै पालिकाले गाउँघरमै यसको सुविधा उपलब्ध गराएको अध्यक्ष खड्काले बताउनुभयो ।
अप्रेशनको लागि धेरै खर्च र टाढा जानु पर्नाले पालिकामा धेरै आँखा रोगिहरु रोग सँग लडेर जिवन विताईरहेका थिए । गाउँघरमै आँखा अप्रेशन गराएका ९६ बर्ष पुगेका रौतामाई गाउँपालिका २ भुट्टारका एक बृद्धाले आँखा अप्रेशन गरेपछि खुसि ब्यक्त गर्दै अझै धेरै काम गर्न सक्ने क्षमता रहेको बताईन् ।
आँखा कम्जोरीका कारण राति कुनै काम गर्न नसक्ने बताउने उनि दिनमा मात्र वरपरका काम गर्ने र रातमा चाँडै ओछ्यान छिर्ने गर्दथे । उमेर र आँखा दुवैले डाँडाँ काटेपछि काममा आफुलाई निकै असहज भएको बताउने उनि आँखाले साथ दिए अझै काम गर्न सक्ने तागत आफुमा रहेको बताईन् ।
करिव ९१ जना मोतिया विन्दु बाट ग्रसित भएका बिरामीहरुले सेवा बाट आफुहरुले गुमाएको आँखा फिर्ता भएको बताएका छन् ।
यस सिविरमा धेरै भन्दा धेरै बृद्धा÷बृद्धहरुले सेवा लिएको छ । बुढेसकालमा आँखा देख्न बन्चित हुँदै गएको बिरामीहरु अहिले सँधै झै सफा देख्न थालेको छ ।
पालिकाले स्वास्थ्य सिविर सँगै पशुलाई औषधी, कृषि बिउविजन वितरण, जेष्ठ नागरिक र अपाङगता व्यक्तिहरुलाई परिचय वितरण पनि गरेका थिए ।
आँखाको अपरेशन नेपाल आई हस्पिटलका मेडिकल डाईरेक्टर डा. कमल बहादुर खड्काले गर्नुभएको छ ।
नेपाल आई हस्पिटल त्रिपुरेश्वरकै प्राबिधिक सहयोग र जनशक्तिमा रौतामाई गाउँपालिकाले आँखा सिविरको आयोजना गरेको थियो ।
