
पूर्णपष्टि, माघ १६
मोरङ र झापाको दुई छुट्टाछुट्टै स्थानमा लडेर दुई जनाको ज्यान गएको छ । उनीहरु दुबैको रुखबाट लडेर ज्यान गएको हो ।
हिजो दिउसो सँवा १२ बजे मोरङ मिक्लाजुङ गाउँपालिका–४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढि घास काट्ने क्रममा सोही स्थानका ४८ वर्षीय धन ब. बिश्वकर्माको लडेर ज्यान गएको छ ।
यसैगरी हिजै साढे १ बजे झापा मेचिनगर नगरपालिका–३ दुधे गोलाटारका ४२ वर्षीय मेघेन्द्र बिक सोही स्थानमा रहेको लाम्पातेको रुखको हागा झार्ने क्रममा लडि गम्भिर घाइते भएका थिए । उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बेलुका पौने ३ बजे ज्यान गएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

