
पूर्णपुष्टि, माघ १६
उदयपुरको त्रियुगा नगरपालिका–२ जोगिदहमा वडाका विपन्न महिलाहरुलाई उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । वडाले आदिवासी जनजाती महिला लक्षित कार्यक्रम अन्तर्गत शनिवार एक कार्यक्रम बिच उन्नत जातको सुगुँर, बिउ बोका र कुखुरा वितरण गरेको हो ।
कार्यक्रमबाट १३ घरघुरीमा एक/एक वटा सुगुँरका पाठा र समूहमा रहने गरी दुई वटा बोका वितरण गरिएको वडा अध्यक्ष मनोज चौधरीले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएको विपन्न महिलालाई आयआर्जनमा सहयोग पर्याउँदै आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुगुँरको पाठा वितरण गरेको हो ।

अध्यक्ष चौधरीका अनुसार आर्थिक अवस्था सुधार गर्न निर्वाहमुखी भन्दा पनि व्यवासायिक कृषी गर्नु पर्ने बताउदै वडा कार्यालयको सहयोगमा सञ्चालित यस सुगुँर र बोका वितरण कार्यक्रम बिउ पुँजीको रुपमा लिन आग्रह गरे ।
स्थानीय बजारमा सुगुरको प्रति पाठा ८ हजार र एक लाखमा दुईवटा उन्नत जातको बिउ बोका खरिद गरेर टोल विकास संस्थाको जिम्मामा रहने गरि हस्तान्तरण गरिएको छ ।
नगरपालिकाले अनुदानमा बिउ बोका र माउ सुँगुरका पाठी वितरण सँगै विपन्न महिलालाई स्वरोजगार बनाई आर्थिक स्थिती सुधार हुने विश्वास नगरपालिकाले लिएको छ ।

