Thursday, June 25News That Matters

लागुऔषधसहित ३ जना पक्राउ

पूर्णपुष्टि, माघ १६
सुनसरीको दुहबी नगरपालिका–५ दुहबी स्थितबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय सूर्य घिमिर, २३ वर्षीय नवराज लिम्बु र ईटहरी–१७ का २० वर्षीय बिमल के.सी. लागुऔषधसहित पक्राउ परेका हुन् ।
हिजो बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादैँ गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनीहरुलाई लागुऔषध स्पास्मो प्रोक्भिोन ३२ ट्याब्लेट र निट्रोगेट ५० ट्याब्लेटसहित पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।