Thursday, May 7News That Matters

लहानमा थुनुवा फारार भएपछि ३ जना प्रहरी निलम्बित

पूर्णपुष्टि, असार २८

सिरहामा लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका–१ का ३४ वर्षीय पशुपति यादव झ्यालको ग्रिल तोडी शनिबार बिहान २ बजेतिर फरार भएका थिए । लहानस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएपछि तीन जना प्रहरी कर्मचारी निलम्बित भएका छन् ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीका अनुसार सुरक्षामा खटिएका एक जना असई, एक जना हवल्दार र एक जना जवानलाई निलम्बन गरिएको हो । यी तीन जनालाई निलम्बन गरी थुनुवा फरार भएका घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।