
पूर्णपुष्टि, फागुन ३० ।
मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका–९ सिन्धुपाल्वोकका ३८ वर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका–१५ काठमाण्डौका २३ वर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका–५ रामेछापका ३४ वर्षीय कृष्ण बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । हिजो राती साढे १० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले संकालागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैयाँ १ लाख ५ हजार बरामद गरेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
