उदयपुरको ठानागाउँमा आग्लागी हुँदा ५ लाख बराबरको क्षती

पूर्णपुष्टि, मंसिर २१
उदयपुरको ठानागाउँमा आग्लागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित लखनडाँडाको एक घर जलेर नष्ट हुँदा करिब पाँच लाख बराबरको क्षती भएको हो ।
सोमबार साँझ ६ः४५ बजे स्थानीय भीमबहादुर गोलेको घरमा आग्लागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्त डीएसपी बेदप्रसारद गौतमले बताउनुभयो ।
गोलेको घरमा आगलागी हुँदा भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा, गरगहना, कागजपत्र सबै जलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: