लागुऔषध खैरो हिरोईनसहित दुई जना पक्राउ

पूर्णपुष्टि, पुष १६
मोरङको बिराटनगर–१४ स्थितबाट लागुऔषध खैरो हिरोईनसहित दुई जना पक्राउ परेका छन् । सुनसरी इटहरी उप–महानगरपालिका–९ का २२ वर्षीय निसान चौधरी र इटहरी–१२ का २८ वर्षीय दिवश तामाङ लागुऔषधसहित पक्राउ परका हुन् ।
हिजो राती ९ बजे सि.आर.भि. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ११८७ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटर साईकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो । खैरो हिरोईन फेला परे सगै मोटरसाईकल चलाक दिवश तामाङ सहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: