Wednesday, June 3News That Matters

लागुऔषध गाँजाको व्यापार गर्ने दुई जना पक्राउ

काठमाण्डौँ, फागुन २६

लागुऔषध गाँजाको व्यापार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई रहेका छन् ।

लागुऔषध गाँजाको व्यापार भईरहेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले ३२ किलो ४८५ ग्राम लागूऔषध गाँजासहित बुधबार उनिहरुलाई नियन्त्रणमा लिएको हो । प्रकाउ परेको दुबै जनाको थप अनुसन्धान भाईरहेको उक्त कार्यालयले जनाएको छ । (रासस)