Friday, June 26News That Matters

सङ्खुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

काठमाण्डौँ, फागुन २६
सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ ।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । (रासस)