Friday, May 15News That Matters

एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु

पूर्णपुष्टि, फागुन २६ ।
झापाको कन्काई नगरपालिका–९ स्थित राजगड–लक्ष्मिपुर सडक खण्डमा एम्बुलेन्सले ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ । सोही स्थानका ३५ वर्षीय उमेश थापाको एम्बुलेन्सले ठक्कर दिँदा ज्यान गएको हो ।
हिजो राती ७ बजे मे.१ च ५२५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा घाईते भएका थापालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेको थियो । दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक अमर राज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको छ ।