
पूर्णपुष्टि, असार ८ गते ।
झापाको बिर्तामोड नगरपालिका–२ चारपानेबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । जिल्लाको बुद्दशान्ती–४ का ३१ वर्षीय चन्द्र बहादुर लिम्बु रहेका लागुऔषध ब्राउनसुगरसहित पक्राउ परको हो ।
विशेष सुचनाका आधारमा मंगलवार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा लिम्बुको साथबाट ३४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । यसरी लागूऔषधसहित पक्राउ परेका लिम्बुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेकको छ ।
