
पूर्णपुष्टि, साउन २४
झापा गौरिगंज गाउँपालिका–४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना महिला पक्राउ परेका छन् । दमक नगरपालिका–१ कि ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया बिमला धिमाल पक्राउ परेका हुन् ।
हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको थियो ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा लगी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
