
पूर्णपुष्टि, भदौ १७
सुनसरीको धरान उप–महानगरपालिका–८ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान–१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन ।
हिजो अपरान्ह साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुह र इप्रका धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भए संगै प्रदेश १–०२–००३ ह १६४९ नम्वरको टेम्पो सहित नियन्त्रणमा लिइएका दुबै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
