
पूर्णपुष्टि, असार २७
सुनसरीको ईटहरी उप–महानगरपालिका–६ बाट लागुऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् । उक्त स्थानमा रहेको एक होटलमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित शनिवार राती पौने १२ बजे ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका–१२ घर भई ईटहरी उप–महानगरपालिका–५ बस्दै आएका २७ वर्षीय दिपक भन्ने बिरेन्द्र राई, ईटहरी–५ का १६ वर्षीय १ बालक र ईटहरी–४ का १८ वर्षीय जोन चौलागाई रहेका छन् । निजहरुको साथबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, विभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र २ हजार रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी ४ का २३ वर्षीय बिबेक खड्काको समेत संग्लग्नता रहेको खुल्न आएसँगै खड्कालाई समेत २९ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर र १ थान मोबाईलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
