लागुऔषध सहित एकजना पक्राउ

पूर्णपुष्टि, मंसिर १०

मोरङ बिराटनगर महानगपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित प्रहरिले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउपालिका १ का ३० बर्षीय सुजित पौडेल रहेका छन् । आज पौने २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक ८ एम्पुल ,डाईजाल्याब ८ एम्पुल , एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र DIALEX-DC १ बोतल पक्राउ गरेको हो । पक्राउ परेका पौडेलको ईलाका प्रहरी कार्यलय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: